गोरखा । गोरखाको च्याङलीमा अज्ञात ब्यक्तिहरुको १ समूहले आमा छोरी माथी रड प्रहार गरि गरगहना तथा नगद लुटपाट भएका छन् ।
पालुङटार नगरपालिका ७ को च्याङली भन्ने स्थानमा डुम्रे बजारबाट किनमेल गरेर घर तर्फ फर्कदै गरेका आमाछोरी माथि अज्ञात समूहले रड प्रहार गरेर घाईते बनाई गहना र नगद लुटपाट गरेको हो ।
शुक्रबार साझ करिब ७:०० बजेको भएको घटनामा परी आमा च्याङली मजुवा निबासी बर्ष ६० कि भिमकुमारी क्षेत्री र निजकी छोरी बर्ष २१ की अम्बिका क्षेत्री गंभिर घाईते भएकी छिन् । घाईते आमा छोरीलाई स्थानियले साँझ नै उद्वार गरेर डुम्रेमा रहेको स्वास्थ्य संस्थामा पुरयाएको र उपचार भई रहेको एक स्थानियले बताए ।
घर नजिकैको भोटेनी खोला आईपुगेका आमा छोरी माथी अज्ञात समुहले रड प्रहार गरि घाइते बनाएर उनीहरु संग भएकाे गहना र नगद लुटपाट गरेका थिए । उत्त समूहले दुवै जनालाई १०० मिटर भन्दा पनि बढी घिसारेर लछारपछार गरेका थिए । दुवैको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
घटना घटेको केही समय पछि मात्र स्थानियले थाहा पाएर दुवैको उद्वार गरेर प्रहरीमा खबर गरेको गोरखा प्रहरीले जनाएको छ । लुटेरा समूहको हिजो राती देखी नै ब्यापक रुपमा खोजी भई रहेको गोरखा प्रहरीले जनाएको छ ।




















