गोरखा । नेपाल संवत ११४२ गोरखाका नेवार समुदायले पनि विविध कार्यक्रम गरी मनाएका छन् ।
नेवाः देय् दबू जिल्ला समिति गोरखाको आयोजनामा ‘नेपाल संवत राष्ट्रया गौरव, सँस्कृति–सम्पदा पुर्खाया पौरख’ भन्ने नाराका साथ नेपाल संवत ११४२ मनाएका हुन् ।
आजको दिनलाई नेवार समुदायले नयाँ बर्षको पहिलो दिनको रुपमा मनाउदै आएको छ । गोरखा सदरमुकाममा नेवाः देय् दबू जिल्ला समिति गोरखाको आयोजनामा शुभकामना आदान प्रदानका साथै रयालीको समेत आयोजना गरिएको अध्यक्ष देवीबहादुर श्रेष्ठले जानकारी दिए ।
शुक्रबार बिहान धिमे बाजा सहितको रर्यालीले गोरखा सदरमुकामको पँदेली ,ठुलो आँगन, पाटेचौर, अस्पताल मार्ग, लोकतान्त्रिक चोक, कालिमाटी बजार, शक्तिचोक, पुरानो बसपार्क, नयाँबजार, छिपिटोल हुँदै रानीपोखरी सम्म परिक्रममा गरेको थियो ।
कार्यक्रम स्थल रानीपोखरीमा नेवारी पराम्परा अनुसार सगुन खुवाएर शुभकामना आदान प्रदान गरिएको समितिका जिल्ला उपाध्यक्ष रामबावु श्रेष्ठले बताए ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर नगर प्रमुख राजनराज पन्त, विशेष अतिथि उप मेयर बिनाकुमारी श्रेष्ठ लगायताले शुभ कामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा नेपाल संबतका संस्थापक शंखधर साख्वाको बिषयमा विशेष चर्चा गरिएको थियो ।
तस्बिर तस्बिर साैजन्य रामबावु श्रेष्ठ





















