गोरखा । नेकपा माओबादी केन्द्रको बारपाक सुलिकोट–काठमाण्डौ सम्पर्क समन्वय समितिका सदस्य शिव आलेको निधन भएको छ । बारपाक सुलिकोट गाउँपालिका ५ स्थित रानागाँउ घर भएका रानाको आकस्मिक निधन भएको हो ।
काठमाण्डौं सरकारी धारामा मोटरसाईकल वर्कसप सञ्चालन समेत गर्दै आएका आलेको अल्पायुमै निधन भएको नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट–काठमाण्डौ सम्पर्क समन्वय समितिले जनाएको छ ।
स्वर्गिय आलेको पार्थिव शरिरमा नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओडाएर श्रद्धान्जली अर्पण भरेका थिए ।
आलेको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।




















