साँकेतिक तस्बिर
गोरखा । कोरोना महामारी संगै देउसी भैलोमा लगाउदै आएको प्रतिबन्ध फुकुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना जारी गर्दै देउसी भैलो खेल्नेहरुको लागी सयम सिमा तोकिदिएको छ ।
कोरोना महामारी संगै विगत २ बर्षदेखी लगाउदै आएको प्रतिबन्ध फुकुवा गर्दै प्रशासनले यस बर्षदेखी परम्परागत देउसी भैलो खेल्न अनुमती दिएको हो । तर देउसी भैलो खेल्नेहरुले रातको ८ः०० बजेसम्म खेली सक्नुपर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले कात्र्तिक १५ गते एक सूचना जारी गर्दै चाडपर्व जन्य गतिविधी सञ्चालन गर्दा सार्वजनिक यातायात र अनावश्यक भिडभाड नगरी स्वास्थ्य मापदण्ड पुरा गरेर मर्यादित र अनुशासित रुपमा रातको ८ः०० बजे सम्म सञ्चालन गर्न भनेको छ ।
कोरोना महामारी लगत्तै प्रशासनले देउसी भैलोमा प्रतिबन्ध लगाएको भएता पनि महामारी कम भएका कारण यो बर्ष भने देउसी भैलो खेल्न समय सिमा तोकीदिएको हो ।
गोरखा जिल्लामा बिगत २ बर्षदेखी देउसी भैलो कार्यक्रम हुन सकेको थिएन ।





















