गोरखा । नेकपा एमाले प्रवेश गरेको माओबादी केन्द्रका सन्जिव थापामगर एमालेले भ्रमको खेती मात्र गरेको आरोप लगाउदै पुनः माओबादी केन्द्रमा नै फर्कीएका छन् ।
सर्बोच्च अदालतको आदेशमा नेकपा एमाले र माओवादी केन्द अलग भएपछि एमाले पार्टीमा लागेका अखिल क्रान्तिकारी गोरखाका पूर्व अध्यक्ष थापाले आज प्रेस बिज्ञप्ती जारी गर्दै एमालेले भ्रमको खेती मात्र गरेको आरोप लगाउदै आजैदेखी एमाले परित्याग गरि माओबादी केन्द्रमा प्रवेश गरेका हुनु् ।
एमाले निकट अनेरास्वबियूको सचिवालय सदस्य रहेका थापाले आफुले एमाले पार्टी परित्याग गरेको घोषणा गर्दै एमाले समाजबादी पार्टी बनाउने भन्दा पनि नेतृत्वको अति केन्द्रीकरण र देवत्वकरण गरि कम्युनिष्ट पार्टीलाई निरंकुस, व्यक्तिबादी पार्टी बनाउन तर्फ उन्मुख रहेको आरोप लगाए ।
एमाले संबिधानले परिकल्पना गरेको समाजबाद उन्मुख समाजबाद ल्याउन कुनै गुन्जायस नदेखिएकाले एमालेमा रहदा लिएको सवै जिम्मेवारी परित्याग गर्दै नेकपा माओबादी केन्द्रमा फर्किएको उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।





















