गोरखा । जिल्ला समन्व्य समिति गोरखाको बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ ।
समितिको सभाहलमा सुरु भएको समिक्षा कार्यक्रमको गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद हरीराज अधिकारीले उद्घाटन गरेका थिए ।
समिक्षा कार्यक्रममा समितिले गएको आर्थिकबर्षमा गरेका कार्यक्रम तथा चालु आर्थिक बर्षका योजनाका बिषयमा छलफल हुनेछ ।
समिक्षा कार्यक्रम आज सकिने समन्वय समितिले जनाइएको छ ।




















