गोरखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति गोरखाले बिपत तथा कोभिड–१९ कार्यक्रम सम्बन्धी सरोकारवालाहरु संग छलफल गरेको छ ।
सदरमुकाममा भएको छलफल कार्यक्रममा जिल्ला भित्रका बिभिन्न स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले जनाएको छ ।
छलफलमा सहभागीहरुलाई रेडक्रस गोरखाले आर्थिक बर्ष २०७७/०७८ मा गरेका विपतमा गरेको गतिबिधिहरुको बारेमा जानकारी गराएको थियो भने चालु आर्थिक बर्षमा रेडक्रसले गर्ने कार्यक्रम तथा योजनाका बारेमा पनि सरोकारवालाहरुसंग छलफल गरिएको शाखाले जनाएको छ ।




















