गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का केन्द्रीय सदस्य हरिराज अधिकारीले जनयुद्ध र आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा माओबादीले मात्र गर्न सक्ने बताए ।
नेकपा माओबादी केन्द्र गोरखा नगरपालिका ८ को आयोजनामा शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अबसरमाआयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् ।
गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद समेत रहेका अधिकारीले आगामी निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन नेता कार्यकता सवै प्रतिबद्ध भएर लाग्न पनि निर्देशन दिए ।
उनले देशमा गणतन्त्र, धर्मनिपेक्षता, संघियता, आदीबासी जनजाती दलित महिला, मुस्लिम र पिछडिएका समुदायको अधिकार माओबादीले मात्र ल्याएको भन्दै यसको रक्षाका लागि पनि माओबादीको नेतृत्व आबश्यक पर्ने बताए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य लोकप्रसाद बन्जरा (अक्कल), माओबादी केन्द्र गोरखा नगरपालिकाका अध्यक्ष कृष्ण रानामगर, अनेरास्वबियू क्रान्तिकारी गोरखाका इन्चार्ज रामकृष्ण भट्ट लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।




















