काठमाण्डौं । ‘तस्विर, म के भनु, नेपाली छोरी, सधैलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएकी गायिका निशा कँडेलले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पिरतीको खुल्ला आकाशमा’ सार्वजनिक गरेकी छिन् ।
मेलोडियस भर्सनको गीतमा रमेश दाहालको शब्द रहेको छ भने टिका दाहालले गीतलाई संगीतवद्द गरेका हुन् । गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन् । फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।
लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस गीतको म्युजिक भिडियोलाई गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
निर्माण टिमले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।




















