काठमाण्डौं । तिहारको अवसर पारेर अमेरिकामा रहेका नव गायक नरेश गुरुङ र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा समावेश ‘जब तिमी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हृदयस्पर्शी यस गीतमा केदार उप्रेतीको शब्द रहेको छ भने बादल लिम्बुको संगीत र संगीत संयोजन रहेको छ ।
जिन्दगीभर एक भएर खुशी र सुखी जीवन जिउने सपना देखेका सुन्दर जोडीको जीवनमा आएको अकल्पनीय परिस्थितिको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको छ ।
म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ । सौरव लामाले छायांकन गरेको यस भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । भिडीयो किरण राईको निर्देशनमा तयार पारिएको हो ।




















