गोरखा । गोरखाको अमरज्योती मावि लुइटेललाई एक गैर सरकारी संस्थाले १० थान कम्प्यूटर सहयोग उपलब्ध गराएको छ । इन्जेज नेपाल नामक संस्थाले कम्प्यूटर उपलब्ध गराएको स्कुल प्रशासनले जनाएको छ ।
सोही बिद्यालयमा पूर्व विधार्थी समेत रहेका डा.सतीशचन्द्र देवकोटाको समन्वयमा इन्गेज नेपाल नामक गैर सरकारी संस्थाले १० थान कम्प्यूटर उपलब्ध गराएको हो ।
नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट डेलिसी संलग्न रहेको संस्थाले उत्त सामाग्री स्कुलका लागी उपलब्ध गराएको प्रधानाध्यापक माधवराज देवकोटाले जानकारी दिए ।
उत्त सामाग्री पालुङटार नगरपालिकाका प्रमुख दिपकबावु कड्ेल र डा.देवकोटाले संयुत्त रुपमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गङा सुनारलाई हस्तान्तरण गरेका थिए ।
प्राप्त सामाग्री स्कुलले बनाउदै गरेको कम्प्यूटर ल्याबमा प्रयोग गर्ने स्कुल प्रशासनले जनाएको छ ।




















