गोरखा । द्रब्यशाह बहुमुखी क्याम्पस गोरखाका उपप्राध्यापक राजेन्द्र अर्यालको ५९ बर्षमा निधन भएको छ । क्यान्सर पिडीत अर्यालको उपचारको क्रममा शनिबार राती गोरखा अस्पतालमा निधन भएको हो ।
गोरखा नगरपालिका ६ को गणेशपाटन निवासी अर्याल द्रब्यशाह बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् । उनलाई ०७५ साल देखी आन्द्रामा क्यान्सर देखिएको थियो ।
०४९ सालदेखी द्रब्यशाह क्याम्पसमा आबद्व अर्याल क्याम्पसको सञ्चालक समिति सदस्य, आजिवन सदस्य, प्राध्यापक संघ ईकाइको अध्यक्ष रही सकेका छन् ।
द्रब्यशाहमा क्याम्पसम आबद्व हुनु अगावै अर्यालले १–१ बर्ष महेन्द्र ज्योति माबि दरर्बार मार्ग र महालक्ष्मी माबि लक्ष्मी बजारमा अध्यापन गराएका थिए ।
०७२ सालदेखी ०७५ सालसम्म क्याम्पस प्रमुखको भूमिका निर्वाह गरेका अर्यालले राजधानीको प्बलीक यूथ क्याम्पसमा आईकम र बिकम पास गरेर त्रिचन्द्रबाट एमए पास गरेका थिए ।
अर्यालले ०६९ सालदेखी ०७२ सालसम्म क्याम्पसको मानविकी प्रमुखको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
काँग्रेस निकट अर्यालललाई आजै नेपाली काँग्रेस गोरखाले झण्डा ओडाएर बिदाई गरेको सचिव किशोरजंङ थापाले जानकारी दिए ।
कलेजमा समाज शास्त्र अध्यापन गराउदै आएका अर्याललको बुवा, आमा, श्रीमती र २ छोरा रहेका छन् ।




















