गोरखा । प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्षमा दानबहादुर गुरुङ सर्व सम्मत चयन भएका छन् ।
गोरखा सदरमुकाममा भएको सेन्टरको चौथो जिल्ला अधिबेशनलेबाट अध्यक्षमा गुरुङ सर्व सम्मत चयन भएका हुन् ।
शुक्रबार भएको अधिवेशनले १५ सदस्सीय जिल्ला कार्यसमिति चयन भएको सेन्टरले जनाएको छ ।
निर्वाचन मण्डलका संयोजक रामबहादुर ढकालका अनुसार उपाध्यक्षमा राजेश पौडेल, सचिवमा धनबहादुर गुरुङ, सह सचिवमा सन्दिप सुनार, महिला सह सचिवमा संगीता चेपाङ र कोषाध्यक्षमा बिमल श्रेष्ठ सर्व सम्मत चयन भएका छन् ।
अघिबेशनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) गोरखाका अध्यक्ष लेखबहादुर थापामगरले अबको प्रेस सेन्टर आम श्रमजिवी जनता, सर्वंहारा वर्ग र आवाज विहिनहरुको आवाज बन्नुपर्ने बताए । उनले माओबादी र सिद्धान्तलाई आम जनतासम्म पु¥याउन संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास समेत ब्यत्त गरे ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्याक्सन इन्चार्ज लोकप्रसाद बन्जरा (अक्कल(, प्रेस संगठन गोरखाका फयाक्सन इन्चार्ज अंकुर तिमल्सिना (आयाम), प्रेस संगठनका केन्द्रिय सदस्य तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कमिटिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने, प्रेस संगठन गण्डकी प्रदेशका सहसंयोजक दिपक श्रेष्ठ, जिल्ला संयोजक गुणराज रोका लगायतले मन्तब्य राखेका थिए ।




















