गोरखा । नेपाली काँग्रेस गोरखाले दशै, तिहार र छठ पर्वको अबसरमा आज पार्टी कार्यालय तिनधारेमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका ६ को तिनधारेमा रहेको पार्टी कार्यालयमा काँग्रेसले चियापान कार्यक्रमको आयोजना गरेको हो ।
शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्र पाण्डे र चीनकाजी श्रेष्ठ लगायतका नेताहरुको समेत उपस्थिती रहेको थियो । त्यस्तै गरी कार्यक्रममा नेकपा माओबादी केन्द्र गोरखाका अध्यक्ष लेखबहादुर थापा, नेकपा एमालेकी नेतृ सम्झना देवकोटा, नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला अध्यक्ष यादव शर्मा लगायतको सहभागिता रहेको नेपाली काँग्रेस गोरखाले जनाएको छ ।
कार्यक्रममा ५०० भन्दा बढी कार्यकर्ताहरुको सहभागीता रहेको जिल्ला सचिव किशोर जंङ थापाले बताए ।




















