गोरखा । गोरखाको मनकामना जादै गरेको तिर्थ यात्राी चढेको बस दुर्घटनाबाट जोगिएको छ ।
सोमबार ललितपुरबाट गोरखाको मनकामना तर्फ जाँदै गरेको तिर्थयात्री चढेको बा. ३ ख ४९० नम्बरको बस सहिद लखन गाउँपालिका ३ को स्थित टङ्के भीरमा दुर्घटना हुनबाट जोगिएको हो ।
गोरखा नगरपालिकाकाको रामशाहघाट हुदै मनकामना मन्दिर तर्फ जादै गरेको उत्त बस टङ्केभिरमा पुगे पछि अगाडी बढ्न नसक्दा ब्याक भएको र सोही क्रममा पछाडीको टायरले सडक छोडेर अडेको एक स्थानियले टेलिफोन मार्फत जानकारी दिए ।
घटना लगत्तै आँबुखैरेनीमा रहेको शसत्र प्रहरीको उद्धार टोली घटना स्थल पुगेर जेसिवी मेशिन मार्फत बस निकालेर आँबुखैरेनी तर्फ नै पठाईएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुरेश न्यौपानले बताए ।
बसमा २७ जना यात्रु सवार रहेका थिए ।




















