गोरखा । नेकपा एमाले गोरखाले जिल्लाको अधिकांस वडामा अधिबेशन सम्पन्न गरेको छ ।
१०औं राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रिय तालिका अनुसार गोरखाको चुमन्रबी गाउँपालिका बाहेका सवै वडाहरुमा अधिबेशन सम्पन्न भएको नेकपा एमाले गोरखाले जनाएको छ ।
वडा अधिबेशनका लागी गोरखा नगरपालिकामा सम्झना देवकोटा, पालुङटार नगरपालिकामा बाबुराम थापा र हरी काफ्ले, आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकामा कृष्ण नेपाली, भीमसेन थापा गाउँपालिकामा सुरेन्द्र थापा, गण्डकी गाउँपालिकामा गोपाल पाण्डे, अजिरकोट गाउँपालिकामा कमल दानी, बारपाक सुलिकोट गाउँपालिकामा प्रेम गुरुङ र सहिद लखन गाउँपालिकामा कृष्ण देवकोटा लाई जिम्मेवारी प्रदान गरिएको एमाले पार्टी कार्यालय गोरखाले जनाएको छ ।




















