गोरखा । नेकपा एमाले गोरखा नगरपालिका वडा नम्बर १० को वडा अधिबशेनले भुरमण घिमिरे सर्व सम्मत चयन भएका छन् ।
घिमिरेको अध्यक्षतामा २६ सदस्सीय वडा पार्टी कमिटी समेत गठन गरेको छ । वडा अघिबेशन मार्फत वडा पार्टी कमिटिको उपाध्यक्षमा चन्द्रबहादुर खड्का, सचिवमा तुलमान तामाङ, उपसचिवमा बिरबहादुर राना र गरिमा सुनार चयन भएका छन् ।
त्यस्तै अधिबेशनले शर्मिला थापाको संयोजकत्वमा २३ सदस्सीय वडा स्तरीय अखिल नेपाल महिला संघ गठन भएको छ । जसको सहसंयोजकमा बिष्णुमाया काप्री र सचिवमा तारा श्रेष्ठ गुरुङ चयन भएको एमाले गोरखा जिल्ला कमिटिले जनाएको छ ।
अधिबेशनले प्रयु भट्टको अध्यक्षतामा १७ सदस्यीय युवा संघ समेत गठन गरेको छ । जसको उपाध्यक्षमा निरज अर्याल, सचिवमा दिलिप थापामगर, सहसचिवमा राजेन्द्र बाँनिया र कोषाध्यक्षमा अपेक्ष राना चयन भएका छन् ।




















