काठमाण्डौं । गोरखा नगरपालिकाकी १ महिलाको मृत्त शरिर राजधानीको कीर्तिपुर स्थित बल्खु खोलामा फेला परेको छ ।
कीर्तिपुर र चन्द्रागिरिको बीचमा रहेको खोलामा झोलुंगे पुलनजिकै गोरखा नगरपालिका २ की शान्ता थापा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।
कीर्तिपुर बस्दै आएकी शान्ताको हत्या गरी शव खोलामा फालेको हुन सक्ने काठमाण्डौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले बताए ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।




















