गोरखा । दोस्रो लहरको नोबल कोरोना भाइरस (कोभिड–१९)का सक्रिय संक्रमित जिल्लामा केबल ४ जनामा मात्र बाँकी रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जारी गरेको सूचना अनुसार बिहीबार साँझ सम्म गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा गरी ४ जनामा रहेको जनाएको छ ।
भाद्र महिनाको अन्तिम साता देखी जिल्लामा कोरोना संक्रमितको संख्यामा कमी आएको कार्यालयले जनाएको छ । बिहीकार साँझ सम्म गोरखा र पालुङटार नगरपालिकामा १–१ जना र सिरानचोक गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् ।
कार्यालयले उपलब्ध गराएको रेकर्ड अनुसार भिमसेन थापा, शहिद लखन, अजिरकोट, गण्डकी, बारपाक सुलिकोट, आरुघाट, धार्चे र चुमनुब्रीमा कोरोना संक्रमितहरु छैनन्
यो बिचमा जिल्ला भित्र ७ हजार ३३२ जना र जिल्ला बाहिर १६२ जना गरी ७ हजार ४९४ जनाले कोरोना जित्न सफल भएका छन् । साथै संक्रमित मध्ये जिल्ला भित्र ३४ जना र जिल्ला बाहिर ३६ गरी ७० जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ ।





















