गोरखा । गोरखामा दरौदी नदीले बगाउदा १ जना पुरुषको मृत्यु भएको छ ।
जिल्लाको सिरानचोक गाउँपालिका ८ को फिनामटार स्थित दरौदी नदीले बगाउदा स्थानीय ६५ बर्षका देवीदत्त ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
ढकालको शव घटनास्थलदेखि झण्डै २ किलोमिटर तल जलबिरेमा फेला पारेको थियो ।




















