×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ मिनेट अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३० मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

खानेपानी भनेर बिषाक्त पानी वितरण गर्छ गोरखाको साना शहरी

  •  गोरखा समाचार
  • बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिले आफ्ना उपभोत्तालाई खानेपानी भनेर बिषाक्त पानी वितरण गर्ने गरेको तथ्य खुलेको छ ।

    गोरखाको मुख्य मुख्य बजारमा पानी वितरण गर्दै आएको समितिले उपभोत्तालाई लेदो तथा बिषाक्त पानी वितरण गर्दै आएको उपभोत्ताहरुले गुनासो गरेका छन् । ‘पिउने पानी भनेर लेदो, फिज आएको र दमिलो पानी दिने गरेको’ गोरखा नगरपालिका ६ को कालिमाटी बजारमा होटल ब्यवसाय गर्दै आएका मनोज थापाले बताए ।

    बिहीबार मात्रै पनि कालिमाटी, हरमटारी, हस्पीटल लाईन, लोकतान्त्रिक चोक देखी खोलखोले सम्मका उपभोत्तालाई लेदोपानी वितरण गरेको गोरखा समाचार प्राप्त तस्बिरमा प्रष्टै देखिन्छ ।

    माग थेग्न नसकेका कारण खोलामा आएको पानी जस्ताको तस्तै तानेर बितरण गर्ने गरेको पृथ्वीनारायण साना शहरी खानेपानी तथा उपभोत्ता समितिको कार्यालयले जनाएको छ । माग अनुसारको पानी विरतणमा समस्या झेल्दै आएको समितिले खोलामा आएको लेदोपानी नै सिधै तानेर वितरण गर्ने गरेको हो ।

    ‘उपभोत्ताले जस्तो पानी भए पनि दिनु परर्यो भन्छन् । त्यसैले हामीले जस्तो पानी आयो त्यस्तै छाड्ने गरेका छौ’ भन्छन् समितीका कर्मचारी आशकाजी श्रेष्ठ । कर्मचारी श्रेष्ठका अनुसार गोरखा नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा १ हजार २७९ घर परिवारलाई समितिले पानी उपलब्ध गराउदै आएको छ ।

    दैनिक ५ लाख लिटर भन्दा बढी पानीको माग भएता पनि समितीले मुस्कीलले ३ लाख लिटर वितरण गर्दै आएको छ ।

    गल्ती भयो कर्मचारीलाई सचेत गरेका छौ : अध्यक्ष अर्याल

    बिषाक्त पानी वितरण भएको बिषयमा गोरखा समाचारले समितिका अध्यक्ष बिनोद अर्याल संग प्रश्न गर्दा गल्ती भएको स्विकार गर्दै कर्मचारीलाई सचेत गराएको र अब देखी त्यस्तो गल्ती नहुने बताए ।

    ‘होटल ब्यवसायीहरुले जस्तो पानी भए पनि चाहियो भनेर पानी वितरण गर्ने कर्मचारीलाई थर्काउने गरेको’ गुनासो गर्दै अध्यक्ष अर्यालले ‘आजै हामीले पानी वितरण गर्ने सबै कर्मचारीलाई सचेत गराएको र अब त्यस्तो पानी वितरण नहुने’ भने ।

    स्थापना काल देखी नै विवादमा तानिएको समिति पहिलो पटक यस्तो पानी वितरण गरेको भने होइन । बर्षा लाग्दा लेदो पानी र ढल मिसिएको पानी र सुख्खा याममा हप्तामा १ दिन पनि उपभोत्ताको घरमा पानी नआउने गुनासो बर्षौ देखी चल्दै आएको छ ।

    के भएको रहेछ बुझछौ : प्रमुख जिल्ला अधिकारी

    उपभोत्ताको घरमा बिषाक्त पानी विरतण भएको भन्ने बारेमा हामीले गोरखामा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य संग बुझने कोशिस गरेका थियौं । प्रजिअ आचार्यले गुनासो आएको जानकारी दिदै तत्कालै समितिका पदाधिकारीलाई ढाकेर के भएको हो जानकारी लिने र सचेत गराउने बताए ।

    प्रत्यक्ष सर्व साधारणको स्वास्थ्यमा गंभिर असर गर्ने यस्ता खालका गतिविधीले समितिको नाम त बदनाम हुन्छ नै समितिका पदाधिकारीहरुले पनि यसको जवाफ उपभोत्ता दिनुपर्ने हुन्छ ।

    यस्ता खालका गतिविधीले सर्व साधारणको स्वास्थ्यमा पार्ने गंभिर असरको जिम्मेवारी कसले लिने हो ? यस बिषयमा समय छदै उपभोत्ता र सरोकारवालाले ध्यान दिन सकेन भने भोलीको परिणाम नराम्रो हुने निश्चित छ ।

    सामाजिक सञ्जालमा भेटिएका केही टिप्पणीहरु

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, कार्तिक ०४, २०७८ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.