काठमाण्डौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका पासाङल्हामु शेर्पाको युगल गायनमा समावेश प्रेमिल शैलीको ‘टारी खेत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन् । दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड छन् । साथमा भिडियोमा सुरेश कोहली, आरोही चापागाई, प्रताब मगर, कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ ।
भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ । शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।




















