गोरखा । गोरखाको पर्यटक बिकासमा लियो क्लब अफ गोरखाले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
स्थापनाको ३३औं बर्षमा क्लबले पुनः गोरखामा देशैभरका ११९ भन्दा बढी क्लबका प्रतिनिधीहरुको सम्मेलन गरेर जिल्लाको पर्यटकीय स्थलको परिचय गराउने कार्यक्रम तय गरेको क्लबका अध्यक्ष सुमनबावु श्रेष्ठले जानकारी दिए ।
क्लबले यही कात्र्तिक १२ र १३ गते लियो जिल्ला परिषद ३२५ वि १ नेपालको पुरस्कार वितरण तथा पहिलो जिल्ला परिषद बैठक आयोजना गरेको लियो क्लब अफ गोरखाले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
सम्मेलनमा देशैभरका ११९ भन्दा बढी क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सम्मेलन गोरखा आयोजना गरेको छ । सम्मेलनमा सहभागीहरुलाई गोरखा जिल्लाको पर्यटकीय स्थलको बारेमा जानकारी दिनुका साथै आउदो १ बर्षमा क्लबले गर्ने कामका बिषयमा छलफल हुने जनाएको छ ।
क्लबले यस अघि पनि गोरखा सदरमुकाममा नै २ पटक सम्म यस्ता कार्यक्रम आयोजना गरेर बाहिर जिल्लाका लियोहरुलाई गोरखाको पर्यटकीय स्थलहरुको परिचय गराई सकेको क्लबले जनाएको छ ।
पत्रकार सम्मेलन मार्फत गोरखा आउने सबै लियो क्लबका प्रतिनिधीहरुलाई गोरखकाली मन्दिर, मनकामना मन्दिर, लिगलिगकोट, भिमसेन पार्क, पश्चिमकाली मन्दिर, मनास्लु हिमाल, चुमभ्याली तथा जिल्ला भित्रको विभिन्न पर्यटकीय क्षेत्रको पहिचान खुल्ने गरी कार्यक्रम स्थलमा ठुला ब्यानरहरु राख्ने तथा त्यसका बारेमा जानकारी दिने कार्यक्रम तय गरेको क्लबले जानकारी गराएको हो ।
४५० जना भन्दा बढी मानिस सहभागी हुने उत्त कार्यक्रमका लागी क्लबले तयारी थालेको छ । कार्यक्रममा ६ लाख ५० हजार भन्दा बढी खर्च हुने भए पछि सबै संघ संस्था संग सहयोगको याचना समेत गरेको छ ।
कार्यक्रमको समन्वय लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखाकालीका, लायन्स क्लब अफ गोरखा आरुघाट, लायन्स क्लव अफ गोरखा दरौंदी, लायन्स क्लब अफ गोरखा सिटी, लायन्स क्लब अफ गोरखा तारानगरले गरेको आयोजक लियो क्लब अफ गोरखाले जानकारी दिएको छ ।





















