गोरखा । नेकपा माओबादी केन्द्र गोरखाले जिल्लाका बिभिन्न स्थानीय तहका पार्टी निर्वाचन समितिका संयोजक तथा सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी कार्यालय पाटेचौरमा भएको अभिमुखीकरण कार्यक्रममा नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशको निर्वाचन समितिका संयोजक कमल ढकालले सहजीकरण गरेका थिए ।
माओबादी केन्द्रले पार्टीलाई थप व्यवस्थित गर्नका लागि वडादेखि नै निर्वाचन मार्फत नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गदै आएको पार्टी कार्यालयले जनाएको छ ।
कार्यक्रममा पार्टी निर्वाचन समितिले तयार पारेको निर्वाचन सम्बन्धी कार्यबिधीको बारेमा सहभागीहरुलाई जानकारी गुराईएको जिल्ला संमन्वय समितिका अध्यक्ष लेखबहादुर थापाले बताए ।
सहभागीहरुलाई समानुपातिकता, समाबेशिता लगायतका बिषयका बारेमा प्रशिक्षण गराइएको थियो ।
कार्यक्रममा जिल्लाका ११ स्थानिय तहका निर्वाचन समितिका संयोजक एवम पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पाटीका जिल्ला समन्वय समितिका इन्चार्ज कृष्ण, सह इन्चार्ज अमर तमु लगायतले निर्वाचन सफलता पूर्वक सम्पन्न गर्नका लागि समितिको भूमिका महत्वपूर्ण हुने बताएको सहभागीहरुले जानकारी दिए ।




















