गोरखा । उत्तरी गोरखामा बसोबास गर्ने लाप्राकी युवाहरुले चाडबाडका बेला समाजमा विकास निर्माणको काम थालेका छन् ।
लाप्राक समाज युवा क्लबका युवाहरुले पछिल्लो पटक मुख्य मार्गको मर्मत सुधार सम्पन्न गरेको ब्लबका अध्यक्ष लाक्पा गुरुङले जानकारी दिए ।
क्लबका युवाहरुले हालै गुम्दा र सिंङलाबाट लाप्राक गाउँजाउ गर्ने मुख्य मार्गको मनिडाडाँ क्षेत्रको सिडी बाटो मर्मत सम्पन्न गरेको क्लबले जनाएको छ । ‘बाटो बिग्रदा बृद्वबुवा आमाहरु लडेर हिड्नै नमिल्ने भएको थियो’ त्यसैले ‘हामी ब्लबका सबै साथीहरु मिलेर बाटो मर्मत गरेका हौ’ अध्यक्ष गुरुङले भने ।
धार्चे गाउँपालिका ४ मा पर्ने मनिडाडाँको उत्त मार्ग केही महिना देखी बिग्रीएको स्थानिय तहले पनि मर्मतमा खासै चासो नदेखाएका कारण ब्लबका युवाहरु मिलेर मर्मत सम्पन्न गरिएको ब्लबले जनाएको छ ।
बाटो मर्मत भए संगै अब उत्त मार्ग भएर आउ जाउ गर्ने जो कोहीलाई पनि यात्रा सहज भएको धार्चे गाउँपालिका ४ का वडाध्यक्ष राज गुरुङले बताए । ‘युवाहरु समाजको विकास उन्नतीमा लागेका छन् । हामीले सक्दो सहयोग उपलब्ध गराउने प्रयास गरी रहेका छौ’ वडाध्यक्ष गुरुङले भने ।
बाटो मर्मतका लागी १९ जना युवाहरुले श्रमदान गरेको क्लबका अध्यक्ष लाक्पा गुरुङले जानकारी दिए । क्लबले खेलकुद, शिक्षा र स्वास्थ्यमा समेत सहयोगीको भूमिका निर्वाह गर्दै आएको छ ।
तस्बिर : लाप्राक समाज युवा क्लबको फेसबुक पेजबाट




















