गोरखा । आज फुजेलबाट बेनिघाट तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुदा जीपमा सवार मध्ये ५ जना घाईते भएका छन् ।
गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै रहेको मलेओडारमा ना ४ च ७७३८ नम्बरको बोलेरो जीप दुर्घटना हुदा ५ जना घाईते भएका हुन् । जीपमा १५ जना सवार भएको एक स्थानियले जानकारी दिए ।
जीपको ब्रेक फेला हुदाँ दुर्घटना भएको घाईते जीप चालक राजु थापाले जानकारी दिए । एक्कासी ब्रेक फेल भयो अनि भित्तामा ठोकाएर जोगाए चालक थापाले भने ।
घाईते सबैको अहिले मलेखुको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।




















