गोरखा । गोरखामा आज परकम्प गएको छ । आईतबार बिहान ४:०९ मिनेट जाँदा गोरखाको मान्बु आसपास केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.६ रेक्टर स्कलेको भूकम्पकै परकम्प हो ।
यो महाभूकम्प पछि सयौँ पटक परकम्प गइसकेको केन्द्रले जनाएको छ ।




















