गोरखा । गएको सोमबार घान्द्रुकमा भएको जीप दुर्घटनामा परी गोरखाका बिनय पन्तको मृत्यु भएको पुष्टी भएको छ । गोरखा नगरपालिका १२ को स्याली बजार घर भएका उनी राजधानीको गोंगबु बस्दै आएका थिए ।
नेपालीहरुको महान पर्व दशैको मुखैमा साथीहरु संग राजधानीबाट पोखरा हुदै घान्द्रुक जाने क्रममा मोदी खोलामा जीप खस्दा चालक सहित ८ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो ।
२३ बर्षे पन्त काठमाण्डौंको न्युरोडमा अंकलको होलसेल पसलमा बस्दै आएको उनको पारिवारीक श्रोतले जानकारी दिएको हो ।
दशैको बिदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न जाने क्रममा जीप दिउँसो २ः३० बजे सडकबाट २०० मिटर तल मोदी खोलामा खसेको थियो ।
सानै उमेरमा आमा बुवा गुमाएका पन्तको ३ जना दाजु पनि सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए ।




















