गोरखा । गोरखा जिल्लामा ९७.२ मानिस साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ ।
प्रदेश सरकारले आइतबार गण्डकी प्रदेशसलाई साक्षर घोषणा गर्ने क्रममा यहाँका ११ जिल्ला जिल्लाको तथ्याङक सार्वजनिक गर्ने क्रममा गोरखाको साक्षरताको अबस्था पनि सार्वजनिक गरेको हो ।
पन्ध्र वर्षदेखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने नीतिअनुसार आज गण्डकी प्रदेशलाई नै साक्षर घोषणा गरेको हो ।
गण्डकी प्रदेशको औसत साक्षर प्रतिशत ९६.५७ प्रतिशत जनाइएको छ । शिक्षा तथा मानव विकास केन्द्रको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा बढी ९८ प्रतिशत नागरिक साक्षर छन् ।
सबैभन्दा कम लमजुङमा ९५.५ प्रतिशतमात्रै नागरिक साक्षर भएको तथ्याङ्क छ । मुस्ताङ ९६.३५, स्याङ्जा ९६.१६, कास्की ९६, तनहुँ ९६.४, बाग्लुङ ९६.५७, मनाङ ९६.९, गोरखा ९७.२, म्याग्दी ९६.२७ र पर्वत ९६.९३ प्रतिशत नागरिक साक्षर भइसकेको मन्त्रालयले जनाएको छ ।




















