गोरखा । गोरखा बजारको विभिन्न स्थानमा जेब्रा क्रस निर्माण गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय गोरखाको आग्रहमा लायन्स क्लब अफ गोरखा सिटि परिवारले सदरमुकामको ६ स्थानमा जेब्रा क्रस निर्माण गरेको क्लबका अध्यक्ष इमानजंग बानियाँले बताए ।
क्लबले बजार क्षेत्रको पुरानो बसपार्क, बैंक लाइन, शक्तिचोक, बिसौनी मोड, कालिमाटी बजार, जिविस चोक र लोकतान्त्रिक चोकमा जेब्रा क्रस निर्माण भइ सकेको र केही दिन भित्रै लक्ष्मी बजार, १३ किलोको घुम्ती बजार, १२ किलो, सेन्ट जोसेफ, स्याली बजार, अबुवा, ३ किलो बजार र मझुवाको चेक प्वाइन्टमा पनि जेब्रा क्रस निर्माण गरिने अध्यक्ष बानियाँले जानकारी दिए ।
विगतमा पनि त्यस्ता खालका जेब्रा क्रस निर्माण भएको भएता पनि सवारी चापले रंग बिग्रीएकोले पुनः रंग लगाउन क्लबलाई आग्रह गरिएको र उनीले काम गरिदिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।





















