गोरखा । उत्तरी गोरखाको धार्चेको केरौजाका बासीलाई सोलार र चुल्हो बितरण गरिएको छ ।
धार्चे गाउँपलिका २ को केरौजामा बसोबास गर्ने ८७ घर परिवारलाई शसर्त अनुदान कार्यक्रम अन्र्तगत सोलार र चुल्हो बितरण गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
गाउँपालिकाले ३७ घर धुरीलाई सोलार र ५० घरघुरीलाई चुल्हो बितरण गरेको हो ।
लद्यु जलबिद्युत समेत नभएको उत्त गाउँमा मोवाइल चार्ज गर्न समेत समस्या भए पछि त्यस क्षेत्रका नागरिकलाई सोलार बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका ८ लाख रुपैयाको शसर्त अनुदान कार्यक्रमबाट सोलार र चुल्हो बितरण गरेको हो ।




















