गोरखा । गोरखाको धार्चे गाउँपालिकामा रहेको एकिृकत अखिल नेपाल शिक्षक संगठनको पुर्नगठन गरिएको छ ।
गाउँपालिका भित्र रहेका शिक्षकहरुको पेशागत हकअधिकारको सुरक्षा र सुनिश्चिताका लागि गाउँपालिका स्तरीय दोस्रो परिषद्ले सगठनको कार्य समिति पुर्नगठन गरिएको हो ।
नेकपा माओबादी केन्द्र निकट नवगठित संगठनको अध्यक्षमा धनबहादुर गुरुङ, उपाध्यक्षमा सूर्यमान गुरुङ, रसमाया गुरुङ, सबिन श्रेष्ठ, सचिवमा बिरकाजी गुरुङ, अर्थ सचिवमा सन्देश गुरुङ, सह सचिवमा सन्तमाया गुरुङ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुवास गुरुङ, टेकबहादुुर गुरुङ, सत्यमान श्रेष्ठ, सकुन्तला श्रेष्ठ, सूर्यमान गुरुङ, तुलबहादुर गुरुङ र लोकबहादुर भूल चयन भएका छन् ।
संगठनले धार्चे गाउँपालिकाका सवै वडामा नेतृत्व रहने गरि वडागत संगठनको अध्यक्षहरुमा पवन घले, पूर्णबहादुर घले, छिरिङ गुरुङ, बहादुर गुरुङ, सूर्य घले लगायतलाई जिम्मेवारी दिएको जनाएको संगठनले जाएको छ ।
परिष्दले पालिका भित्र संगठनको सदस्यता बिस्तार गर्ने समेत निर्णय गरेको नेकपा माओबादी केन्द्र धार्चे गाउँपालिका सचिव सुर्य गुरुङले जानकारी दिए ।




















