गोरखा । आज गोरखा अस्पतालमा नेपाली सेनामा कार्यरत ८० जनाको एन्टिजेन परिक्षण गर्दा १२ जना पुरुषमा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको ठिगुरेश्वरामा रहेको रिपु मर्दन गणका कर्मचारीहरुमा गरिएको परिक्षणका क्रममा १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
केही दिन अगाडी मात्र भारतमा तालिम लिएर आएकाहरुको बिहीबार गोरखा अस्पतालमा एन्टिजेन परिक्षण गरिएको थियो । मेजर प्रकाशका अनुसार भोली पोखरामा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयमा पीसीआर गर्ने योजना रहेको जानकारी दिए ।
गोरखा अस्पतालमा आज १ जना महिला र ८७ जना पुरुषको एन्टिजेन परिक्षण गरिएको थियो ।
जिल्ला भित्र बिहीबार साँझ सम्म ४४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।




















