गोरखा । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको पूर्व सन्ध्यामा सम्पन्न गोरखा जिल्ला कार्य समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न निर्वाचनको अन्तिम परिणाम बुधबार राती घोषणा भएसंगै बिहीबार बिहान सदरमुकाम स्थित पार्टी कार्यालयमा एक कार्यक्रम गरी नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो ।
जिल्ला निर्वाचन अधिकृत देवकुमार महतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको नवनिर्वाचित सचिव किशोरजंग थापाले जानकारी दिए ।
नेपाली काँग्रेस गोरखा जिल्ला समितिको सपभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका थिए भने अन्य पदाधिकारीहरुमा मतदान भएको थियो । मतदानबाट उपसभापतिमा घिरन थापा र इमान सिंह बस्नेत, सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा, सह–सचिवमा लुमनाथ लामिछाने र गंगाप्रसाद अधिकारी बिजयी हुनुभएका थिए ।
त्यस बाहेका अधिकांस जिल्ला समितिका सदस्यहरु पनि सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत महतले जानकारी दिए ।
गोरखा जिल्लाबाट महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएकाहरुलाई समेत आज नै प्रमाण पत्र बितरण गरिएको थियो ।




















