गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुवेर बेपत्ता भएका पुरुषको शव आज फेला परेको छ ।
मस्र्याङदी नदीमा डुवेर बेपत्ता भएका गोरखा नगरपालिका १४ को गोप्लिङका ४७ बर्षका पूर्णबहादुर दराईको शव बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।
बुधबार दिउँसो करिब ३ः३० बजे मस्र्याङ्दी नदीमा श्राद्धपछि पिण्ड सेलाउने क्रममा नदीले बगाएर दराई बेपत्ता भएका थिए ।
घटना लगत्तै प्रहरी र स्थानीयबासीले खोजी गरेको भएपनि फेला नपरेपछि कुरिनटार स्थित बिपत सशस्त्र प्रहरीबलको बिपद् व्यवस्थापन शिक्षालयका गोताखोरको टोलीले दराईको खोजी गर्ने क्रममा बिहान बिहीबार बिहान ११ः०० बजे दराईको शव फेला परेको हो ।
बेपत्ता भएको स्थलदेखि केही तल दराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















