काठमाण्डौं । नेपालीहरुको महान् चाड दशैँ तिहारको कोसेली स्वरूप गायक भक्त घलेले आफ्नो स्वर, शब्द र संगीतमा समावेश ‘काफल टिप्न जाउँ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा वरिष्ठ कलाकार कविता आलेको साथमा कमल सिंह र नग्मा श्रेष्ठ बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्शव दाहालले छायांकन गरेका हुन् । शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । गायक घलेको आधिर्कारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
हाल अमेरिकामा रहेका गायक घले विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय छन् । दक्षिण भुटानमा जन्मिएका घलेले यसअघि थुप्रै भजन गीत र एकल एल्वम समेत सार्वजनिक गरिसकेका छन् ।
भर्खरै सार्वजनिक आफ्नो म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन उनले सबैलाई आग्रह गरेका छन् ।




















