गोरखा । नेपाली काँग्रेसको १४औं महाधिवेशनको पूर्व सन्ध्यामा गोरखा काँग्रेसको जिल्ला कार्य समितिमा भएको निर्वाचनमा सह सचिवपदमा लुमनाथ लामिछाने र गंगाप्रसाद अधिकारी बिजयी भएका छन् ।
२ जनाको लागी ८ जनाको उम्मेदवारी परेको सह सचिवमा खसेको मत मध्ये धेरै मत ल्याएर लामिछाने र अधिकारी बिजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
गोरखाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट मंगलबार भएको निर्वाचनमा १ हजार ५१९ मत खसेको थियो ।




















