गोरखा । नेपाली काँग्रेसको १४औं आसन्न महाधिबेशन अन्तरर्गत गोरखा जिल्ला कार्य समितिको निर्वाचन मंगलबार सम्पन्न भएको हो ।
सम्पन्न निर्वाचनको मंगलबार रातीदेखी नै मतगणना कार्य जारी रहेको छ । बुधबार बिहान १२ः३० बजे सम्म १ हजार १ मतको गणना कार्य सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले उपलब्ध गराएको मत परिणाम अनुसार उपसभापतिमा धिरन थापाले ६७० मत ल्याएका छन् । त्यस्तै गरी उनी संगै सिपी पोखरेलले ३६१, ईमान सिं बस्न्यातले ३४८ र रबिकला खनालले ३४४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै गरी सचिवमा हाल सम्म किशोरजंङ थापा अगाडी रहेका छन् । उनले ४५४ मत प्राप्त गरिसकेका छन् । त्यस्तै गरी सचिव पदका अर्का उम्मेदवार कृष्णबहादर आलेले ४३२, ओमबहादुर गुरुङले ३२६, तारानाथ पुडासैनी २४५ र रामप्रसाद भण्डारीले २२९ मत ल्याएको छ ।
निर्वाचन समितिका अनुसार आज दिउसो सम्म सबै पदको मतगणना कार्य सम्पन्न हुने जनाएको छ ।




















