गोरखा । गोरखामा सोमबार २५ जनामा एन्टिजेन परिक्षण गर्दा ७ जनामा संक्रमण देखिएको छ ।
गोरखा अस्पताल र आरुघाट गाउँपालिकामा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएका मध्ये गोरखा अस्पतालमा २ जना महिला र ४ जना पुरुष तथा आरुघाट गाउँपालिकामा १ जना पुरुष रहेको कार्यालयले जानकारी दिएको हो ।
आज संक्रमण देखिएका सहित जिल्लाको ६ स्थानिय तहमा सक्रिय संक्रमितको संख्या ५१ जना पुगेको छ ।
जिल्लाको शहिद लखन, गण्डकी, बारपाक सुलिकोट, धार्चे र चुमनुब्री गाउँ पालिका भने कोरोना संक्रमितको सख्ंया शुन्य रहेको पालिका भित्र पर्न सफल भएको छ ।



