काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा १० हजार ९२० जनाको नमूना परीक्षणमा गर्दा आइतबार ६७९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आइतबार संक्रमण देखिएका मध्ये ७ हजार ७० जनाको पीसीआर गर्दा ५७४ जना र ३ हजार ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १०५ जनामा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको मन्त्रालयले जनाएको छ ।




















