गोरखा । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको पूर्व सन्ध्यामा गोरखाको क्षेत्र नम्बर १ को निर्वाचन अन्तरर्गत जनजाति महिला तर्फको मत परिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमायाँ गुरुङले सर्वाधिक ७७२ मत प्राप्त गरेर विजयी भएकी छिन । त्यस्तै गरी शहिद लखन गाउँपालिका मनकामनाकी सर्मिला श्रेष्ठले ४८२ र गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठले ४४५ मत ल्याएर बिजयी हुन सफल भएका छन् ।
जनजाति महिला तर्फ ३ जनाको पदमा ५ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेका मध्ये गोरखा नगरपालिका ६ की पुष्पा श्रेष्ठले ३७६ र टिका श्रेष्ठले ३३७ मत प्राप्त गरेको भएता पनि बिजयी हुन सकेनन् ।
अन्य पदको मत परिणाम भने आउन बाँकी नै रहेको छ ।




















