गोरखा । गोरखामा नेपाली काँग्रेसको शनिबार सम्पन्न खुल्ला १० तर्फको क्षेत्र नम्बर १ को निर्वाचनको परिणाम सार्वजनिक भएको छ ।
प्राप्त मत परिणाम अनुसार नन्दप्रसाद न्यौपाने, राजेन्द्र बजगाई, धिरन थापा, देवेन्द्र वाग्ले, राजनराज पन्त, प्रेमकुमार खत्री, पूर्णबहादुर दाहाल, किरणबावु श्रेष्ठ,ईश्वर पाण्डे र चेतबहादुर अधिकारी बिजयी भएका छन् ।
खुल्ला तर्फको १० सिटका लागी २२ जनाको उम्मेदवारी परेको थियो । कुल १ हजार ४३ मत रहेको क्षेत्र नम्बर १ मा १ हजार २७ जनाले मतदानमा सहभागीता जनाएको थियो ।
खसकेको मत परिणाम अनुसार न्यौपानेले ८८०, बजगाई ७४२, थापाले ७१९, वाग्ले ६७१, पन्तले ६१७, खत्रीले ५८५, दाहालले ५४७, श्रेष्ठले ५१५, पाण्डे ४७२ र अधिकारीले ४२३ ल्याएर बिजयी भएका हुन् ।
हार ब्यहोरेका अन्य उम्मेदवार मध्ये कृण्णप्रसाद भट्टले ९३, जगतबहादुर बरामले १७२, जनार्दन अर्यालले २२९, जीवनप्रेम श्रेष्ठले २५०, ठिकाराम गुरुङले ३६१, ठाकुरप्रसाद पुडासैनीले ३९१, डिल्लीराम तिमिल्सीनाले ३८०, प्रविन तिवारीले १५३, विश्वदेव श्रेष्ठले ३१४, बुद्विप्रसाद श्रेष्ठले २४३, भूगोल थापाले २९२ र शरद श्रेष्ठले २१४ मत ल्याउन सफल भएको निर्वाचन अधिकृत लक्ष्मण आचार्यले जानकारी दिए ।





















