गोरखा । नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तार महाधिवेशन प्रतिनिधीमा सर्वसम्मत चयन भएका छन् ।
गोरखा क्षेत्र नम्बर २ का सत्तारलाई महाधिवेशन प्रतिनिधीमा सर्व सम्मत चयन गरिएको हो ।
महाधिवेशन प्रतिनिधिहरुका लागी शनिबार बिहान देखी मतदानको समय तोकिएपनि सत्तार शुक्रबार साँझ नै सर्वसम्मत रुपमा मुस्लिम, अल्पसङ्गख्यक, अपाङ्ग कोटाबाट महाधिवेशन प्रतिनिधीका रुपमा चयन भएका हुन् । उत्त कोटाबाट सत्तारको एकल उम्मेदवारी परेको थियो ।
गोरखाको सिरानचोक गाउँपालिका हर्मी घर भएका उनि यसअघि समेत महाधिवेशन प्रतिनिधी थिए । यससगैं १४औं महाधिवेशनमा उनि नेपाली काँग्रेसको केन्द्रिय सदस्यको उम्मेदवार बन्न बाटो खुलेको छ ।
सत्तार नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष समेत हुन् ।




















