गोरखा । नेपाली कांग्रेसको आसन्न १४औं अधिवेशनका क्रममा गोरखाको २ निर्वाचन क्षेत्रमा आवश्यक ५० जना महाधिवेशन प्रतिनिधिका लागि ११९ जना मैदानमा उत्रिएका छन् ।
क्षेत्र नम्बर १ मा ५८ महाधिवेशन प्रतिनिधिका लागि ५८ जनाको उमेद्धवारी परेको छ । खुल्ला पुरुषमा १० जनाका लागि २२ जनाको उमेद्धवारी परेको छ ।
खुल्ला महिलामा ४ जनाका लागि ९ जना, खस आर्य तर्फ २ जना पुरुषका लागि ७ जना, १ जना महिलाकालागि ४ जनाको उमेद्धवारी परेको छ ।
आदीबासी जनजातीमा ३ जनाको लागि ५ जना, महिला ३ जनाका लागि ५ जना, दलित १ जनाको लागि ४ जना र अल्पसंख्या मुस्लिम अपाङ्क मध्ये १ जनाका लागि २ जनाको उमेद्धवारी परेको छ ।
क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि पदका लागि ६१ जनाको उमेद्धवारी परेको छ । जसमा खुल्ला पुरुषमा १० जनाका लागि २७ जनाको उमेद्धवारी परेको छ ।
खुल्ला महिलामा ४ जनाका लागि ११ जना, खस आर्य तर्फ २ जना पुरुषका लागि ५ जना, महिलामा १ जनाका लागी २ जनाको उमेद्धवारी परेको छ ।
आदीबासी जनजातीमा ३ जनामा ८ जना, महिला २ जनाका लागि ३ जना, दलित १ जनाको लागि २ जनाका उमेद्धवारी परेको छ ।
निर्वाचन प्रकृया बिहान ८ः०० बजेबाटबाट हुने भनियता पनि केही ढिला गरी सुरु भएको छ ।
क्षेत्र नम्बर १ को लागी कांग्रेसको पार्टी कार्यालय तीनधारेमा र २ को लागी निर्माण ब्यवसायीको हलमा मतदान सुरु भएको छ ।
































