गोरखा । गोरखामा नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनको अवशरमा आयोजित दुवै क्षेत्रको निर्वाचन प्रकृया अन्तरर्गत शुक्रबार नै सभापति र सचिव निर्विरोध निर्वाचीत भएका छन् ।
निर्विरोध निर्वाचित हुनेहरुका क्षेत्र नम्बर १ बाट नारायण लामिछाने र २ बाट गोबिन्द गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै गरी दुवै क्षेत्रमा सचिव समेत निर्विरोध निर्वाचित भएका छन् । जसमा क्षेत्र नम्बर १ मा रोशन गुरुङ र शरण श्रेष्ठ रहेका छन् भने २ मा सरोज देवकोटा र दुर्गाबहादुर गुरुङ निर्विरोध भएका हुन् ।
क्षेत्र नम्बर १ को सभापतिमा ईश्वर अधिकारीले पनि उम्मेदवारी दिएको भएता पनि अन्तिम समयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिए पछि लामिछाने निर्विरोध भएका हुन् ।
यता क्षेत्र नम्बर २ मा पनि गुरुङका बिरुद्व जीवन बानियाँले उम्मेदवारी दिएको भएता पनि अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिएका कारण गुरुङ निर्विरोध भएका हुन् ।




















