गोरखा । गोरखाको ४ स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप २ जनामा संक्रमण देदिएको छ ।
गोरखा अस्पताल, पालुङटार नगरपालिका, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा ६९ जना महिला र ९३ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा २ जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएको गोरखा अस्पताल र पालुङटार नगरपालिकामा १–१ जना पुरुषमा संक्रमण देखिएको हो ।
यो संगै गोरखाको शहिद लखन, गण्डकी, बारपाक सुलिकोट र चुमनुब्री बाहेक ७ स्थानिय तहमा सक्रिय संक्रमितको सस्या ८२ जना पुगेका छन् ।




















