गोरखा । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ५ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्लाको विभिन्न क्षेत्रमा १९ जना महिला र २७ जना पुरुषमा एन्टिजेन परिक्षण गर्दा थप ५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो ।
्
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा, गोरखा र सिरानचोक गाउँपालिकामा १–१ जना महिला र आरुघाट गाउँपालिकामा २ जना पुरुषमा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका सहित जिल्ला भित्र ८९ जना सक्रिय संक्रमित रहेको पनि कार्यालयले जनाएको छ ।




















