गोरखा । गोरखामा आज थप २ जनामा संक्रमण पुष्टी भएको छ । विभिन्न पालिकाहरुमा एन्टिजेन परिक्षणका क्रममा पालु«टार नगरपालिकामा १–१ जना महिला र पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बुधबार ६५ जना महिला र ३८ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको कार्यालयले जानकारी दिएको छ ।
आज संक्रमण देखिएका सहित जिल्लाको ७ स्यानिय तहमा ९१ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लाको चुमनुब्री, बारपाक सुलिकोट, गण्डकी र शहिद लखन गाउँपालिकामा भने कुनै पनि कोरोना संक्रमित छैनन् ।




















