काठमाण्डौं । गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द रविन बिष्ट र कृष्ण कार्कीको रहेको छ । नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।
अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।
रिसाएकी प्रेमिकालाई फकाउने कोसिसको सुन्दर जोडीको रोमान्टिक कथा भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्र फिचर्ड छन् ।
बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । मोडल खनालको आधिकारिक च्यानल ुदिनेश खनाल अफिसिएलु मार्फत भिडियो सार्वजनिक गरिएको हो ।




















