साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकामको लक्ष्मी बजारमा आज टिपरले मोटरसाईकललाई ठक्कर दिदा मोटर साईकल चालक गम्भिर घाईते भएका छन् ।
गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा ग. १ ख २७८७ नम्बरको टिपर ब्याक गर्ने क्रममा बा प्र ०२–०१९ प ९१३५ मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सौगात बस्नेत गंभिर घाईते भएका हुन् ।
उनलाई गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि चितवनको सिएमसी अस्पताल लगिएको गोरखा अस्पतालले जनाएको छ ।




















